संस्थाले आफ्नो सदस्यहरुलाई व्यापार, व्यवसाय सञ्चालन गर्न धितो तथा विना धितो (ब्यक्तिगत जमानतको आधारमा) उचित तथा सम्भाव्य परियोजना सञ्चालनार्थ सरल तथा शुलभ व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । उपरोक्त ऋण सुविधा सदस्यहरुले खाता सञ्चालन गरेको ३ महिनापछि मात्र उपलब्ध गराइने छ ।
कर्जाका प्रकार वार्षिक व्याजदर घट्दोमा
सामुहिक जमानी ऋण 16%
कृषि व्यवसाय 16%
शैक्षिक ऋण 16%
व्यवसायिक ऋण 16%
धीतोमा ऋण 15%
कर्जा माग गर्ने सदस्यहरुले पालना गर्नुपर्न सर्तहरु
- क्रमिक बचत सुरु गरेको म्याद कम्तीमा ३ महिना नियमित पुगेको हुनु पर्ने छ ।कम्तिमा महिनाको २४ पटक बचत गर्न कबुल गरिएको रकमलाई अनिवार्य ३ महिना सम्म बचत गरेका हुनुपर्ने छ।
- सदस्यहरुले माग गरेको रकम स्वीकृत हुनलाई कम्तिमा कूल स्वीकृत रकमको १÷३ (एक तीहाईं) भागको रकम दैनिकीको रुपमा आफ्नो क्रमिक बचतमा जम्मा गरेको हुनुपर्ने छ।
- कर्जा माग फारम दर्ता भएको एक हप्ता भित्र अनुगमन गरेपछि मात्र लगानिका लागि जानकारी गराईने छ ।
- स्वीकृत कर्जाको भुक्तानी लिन आउँदा आफ्ना साक्षिहरुलाई अनिवार्य उपस्थिती गराउनु पर्ने छ।संस्थालाई जरुरी पर्ने र कर्जा माग फारममा उल्लेख गरिएका संपूर्ण विवरणहरु पूर्ण रुपमा जम्मा गरेको पूर्ण फारमलाई मात्र प्रकृयाका लागि अगाडि बढाईने छ।
- कर्जा लिने नियतले एकमुष्ट रकम बचत पासबुकमा जम्मा गर्न पाईने छैन । कर्जा स्वीकृती गर्दा बचत कर्ताको नियमित बचतलाई आधार मानिने छ।
- यस संस्थाबाट लगानि गरिएको कर्जा सदैब दैनिक किस्ताको रुपमा फर्काउनु पर्ने छ । सार्वजानिक बिदा परेको वखत रोकिएको किस्तालाई कार्यालय खोलिएको दिन एकमुष्ठ बुझाउनु पर्ने छ ।
- वचत कर्ताले कर्जा चुक्ता गरेर पुनः कर्जा स्वीकृत गराउनु परेमा वचत पासबुक बाट बचत रकम कट्टा गरेर हिसाब मिलान गर्न सकिने छैन । यदि त्यसो गरेको खण्डमा कुनैपनि सदस्यलाई ३ महिनाको नियमित बचत पछि मात्र पुनः लगानी स्वीकृत गरिने छ ।
- यस संस्थाको निर्णय अनुरूप हरेक हप्ताको आईतवार र बुधवारका दिने बिहान ११ः३० बजे पछि देखि दिउँसो ३.३० बजे सम्म मात्र स्वीकृत सदस्यहरुलाई कर्जा प्रवाह गरिनेछ।
- कर्जा माग सम्वन्धी कुनैपनि प्रकृया गर्नु -गराउनु परेमा बजार प्रतिनिधीहरु मार्फत आउने सदस्यहरुलाई पहिलो प्राथमिकता दिईने छ विषेश कारणले समयावधि भित्र कर्जा चुक्ता गर्न नसकी नवीकरण गर्नु परेमा कर्जाको ६० प्रतिशत साऊँ कर्जा चुक्ता गरी नवीकरण गर्न सकिने छ । नविकरण अवधी हदसम्म २ महिनाको मात्र रहने छ । यसरी नवीकरण गर्दा चुक्ता गर्न बाँकी रकममा कायम रहेको ब्याजदरको थप २ प्रतिशत बार्षिक ब्याजदरको हिसावले थप ब्याज लाग्नेछ ।कर्जाको अवधी समाप्त भई कर्जावालले कर्जा चुक्ता वा नवीकरण नगरेमा मासिक ३ प्रतिशत सम्म जरिवाना लाग्नेछ ।प्रकृया पु¥याएर कर्जा माग गर्ने र तोकिएको समयमा कबुल गरे बमोजिमको किस्ता तिरेर कर्जा चुक्ता गर्ने सदस्यलाई विषेश छुट सहित हरेक बार्षिक साधरण सभामा सम्मान गरिने छ।
जोगाऔं थोपा थोपा गरेर, निकालौं घैला भरेर….