Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

चौधौँ वार्षिक साधरणसभा बस्ने जानकारी गराईएको सम्बन्धमा।

HomeNoticesचौधौँ वार्षिक साधरणसभा बस्ने जानकारी गराईएको सम्बन्धमा।
20
Dec
चौधौँ वार्षिक साधरणसभा बस्ने जानकारी गराईएको सम्बन्धमा।
  • Author
    root
  • Comments
    0 Comments
  • Category

च.नं. १७/०७९/०८०                                                                                                                मितिः २०७९/०९/०१

विषय : संस्थाको चौधौँ वार्षिक साधरणसभा बस्ने जानकारी गराईएको सम्बन्धमा।
उपरोक्त सम्बन्धमा, यस मानव कल्याण वचत तथा ऋण सहकारी संस्था लि.कोे मिति २०७९/०८/२९ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको १४औँ वार्षिक साधरण सभा निम्न लिखित मिति, समय तथा स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्ने गरि बस्ने भएकोे व्यहोरा जानकारी गराउन चाहन्छु।
सभा बस्ने मिति, समय र स्थानः
मितिः २०७९ पौष २३ गते शनिवार समयः दिउँसो १ः३० बजे बाट
स्थान : बेविलोन नेशनल स्कुल, नयाँबानेश्वर, काठमाडौं ।

छलफलका विषयहरुः
क) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन उपर छलफल एवं पारित गर्ने सम्बन्धमा ।
ख) संस्थाकोे आ.व. २०७८/०७९ सालकोे वासलात तथा नाफा नोक्सानको हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, कोषमा परिवर्तन
र संलग्न अनुसूचीहरु सहितको लेखापरिक्षकको प्रतिवेदन माथि छलफल र निर्णय पारित गर्ने सम्बन्धमा ।
ग) संस्थाको आ.व. २०७८/०७९ सालको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने सम्बन्धमा ।
घ) संस्थाको आगामी वर्ष २०७९/८० को अनुमानित बजेट प्रस्तुत एवं पारित गर्ने सम्बन्धमा ।
ङ) आर्थिक वर्ष ०७९/८० को लेखा परिक्षण गर्नका निम्ति लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
च) संस्थाका विभिन्न आन्तरिक नीति, निर्देशिका र कार्यविधिहरु संसोधन तथा पारीत गर्ने सम्बन्धमा ।
छ) चौधौँ बार्षिक साधरण सभाको माइन्युटलाई हस्ताक्षर गरि प्रमाणीत गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा।
ज) विविध ।
साधारण सभामा उपस्थित हुँदा शेयर सदस्यहरुले पालना गर्नुपर्ने महत्वपूर्ण जानकारीहरुः
१) हाजिर पुस्तिका दिउँसो १ः३० बजे देखि ३ः३० बजेसम्मका लागि मात्र राखिने छ । सम्पूर्ण शेयर सदस्यहरुले अनिवार्य रुपमा सदस्यता परिचयपत्र वा
आफ्नो परिचय खुल्ने परिचय पत्र र नागरिकताको प्रतिलिपि साथमा लिई आउनुहुन अनुरोध गरिन्छ। हाजिरी पश्चात मात्र शेयर सदस्यहरुलाई पारवहन
खर्चको ब्यवस्था गरिने छ।
२) विविध विषय अन्तर्गत प्रश्न गर्न ईच्छुक शेयर सदस्यहरुले आफूले प्रश्न गर्न चाहेको विषय वारे सभा हुनुभन्दा ५ (पाँच) दिन अगाडिनैं लिखित रुपमा
संस्थामा दर्ता गराई जानकारी दिनु पर्नेछ।त्यसरी जानकारी प्राप्त नभएको विषय उपर कुनैपनि प्रश्न वा छलफल नगरिने कुरा सबैलाई जानकारी
गराईन्छ।
३) विषेश कारणले सदस्य स्वयं कार्यक्रममा उपस्थित हुन असमर्थ रहेमा निजले लिखित अख्तियारी दिएर अर्को ब्यक्ति पठाउन सक्ने ब्यवस्था गरिएको छ।

नोटः कार्यक्रम निर्धारित समयमै शुरु हुनेछ, कोभिड–१९ को जोखिम कायमै रहेको हुनाले सदस्यज्यूहरु कार्यक्रममा उपस्थित हुँदा सरकारले तोकेको सुरक्षाका सबै मापदण्डहरु अपनाइ साधरण सभामा उपस्थिति जनाईदिनहुन हार्दिक अनुरोध गर्दछौं ।

संचालक समितिको आज्ञाले,

Tags:

    Related Posts
    Leave A Comment

    Leave A Comment