-
Authorroot
-
Comments0 Comments
-
Category
विषय : संस्थाको दसौं वार्षिक साधरणसभा बस्ने जानकारी गराईएको सम्बन्धमा।
उपरोक्त सम्बन्धमा, यस मानव कल्याण वचत तथा ऋण सहकारी संस्थाकोे संचालक समितिको मिति २०७५÷०४÷३० गते बसेको बैठकको निर्णय अनुसार संस्थाको दसौं वार्षिक साधरण सभा निम्न लिखित मिति, समय तथा स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्नेगरि बस्ने भएकोे व्यहोरा जानकारी गर्दै अनिवार्य उपस्थितिकालागि यो पत्रचार गरिएको ब्यहोरा जानकारी गरिन्छ।
छलफलका विषयहरुः
क) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने सम्बन्धमा ।
ख) संस्थाकोे आ.व.२०७४÷०७५ सालकोे लेखा परिक्षणको प्रतिवेदन सहितको वासालात तथा नाफा नोक्सान प्रस्तुत एवं पारित गर्ने सम्बन्धमा ।
ग) संस्थाको लेखा समितिको प्रतिवेदन प्रस्तुत एवं परित गर्ने सम्बन्धमा ।
घ) आर्थिक वर्ष ०७५÷०७६ का लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
ङ) संस्थाको आगामी वर्ष २०७५÷०७६ को अनुमानित बजेट प्रस्तुत एवं पारित गर्ने सम्बन्धमा ।
च) साधरण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न संस्थाका सदस्हरुको तर्फबाट २ जना सदस्यहरु मनोनयन गर्ने सम्बन्धमा।
छ) दसौं बार्षिक साधरण सभाको निर्णय पुस्तिका प्रमाणीत र पारित गर्ने सम्बन्धमा।
ज) विविध ।
समय : ठिक ९ः३० बजे बिहान।
असमर्थताका लागि : ९८५१११४४०९, ९८४११६९६४०, ०१४४९०६५२
साधारण सभामा उपस्थित हुँदा शेयर सदस्यहरुले पालना गर्नुपर्ने महत्वपूर्ण जानकारीहरुः
१) हाजिर पुस्तिकामा हाजीरी गरेपछि मात्र सभामा उपस्थित हुने शेयर सदस्यहरुलाई रु. १५०।–का दरले पारवहन खर्च उपलव्ध गराईनेछ, साथै पारवहन खर्च बुझिलिनका लागि अनिवार्य रुपमा सम्पूर्ण शेयर सदस्यहरुले सदस्यता परिचयपत्र वा आफ्नो परिचय खुल्ने परिचय पत्र साथमा लिई आउनुपर्ने छ।परिचयपत्र नपाउने सदस्यले आफ्ना प्रतिनिधिहरु मार्फत कार्यालयबाट बनाउन सक्नुहुनेछ।
२) हाजिर पुस्तिका विहानको ९ः०० बजे देखि ११ः०० बजेसम्मका लागि मात्र राखिने छ । सम्पूर्ण शेयर सदस्यहरुले अनिवार्य रुपमा सदस्यता परिचयपत्र वा आफ्नो परिचय खुल्ने परिचय पत्र साथमा लिई आउनुहुन अनुरोध गरिन्छ।
५) विविध विषय अन्तर्गत प्रश्न गर्न ईच्छुक शेयर सदस्यहरुले आफूले प्रश्न गर्न चाहेको विषय वारे सभा हुनुभन्दा ५ (पाँच) दिन अगाडिनैं लिखित रुपमा संस्थामा दर्ता गराई जानकारी दिनु पर्नेछ।त्यसरी जानकारी प्राप्त नभएको विषय उपर कुनैपनि प्रश्न वा छलफल नगरिने कुरा सबैलाई जानकारी गराईन्छ।
६) एक सदस्य एक कुपन मात्र मान्यता दिने हुँदा शेयर सदस्यता लिनुभएका सदस्यलाई मात्र कार्यक्रममा प्रवेश दिईने छ। विषेश कारणले सदस्य स्वयं कार्यक्रममा उपस्थित हुन असमर्थ रहेमा निजले अख्तियारी दिएर अर्को ब्यक्ति पठाउन सक्ने ब्यवस्था गरिएको छ।
संचालक समितिको आज्ञाले,
सूर्य बहादुर घिमिरे
(संचालक समिति सचिव)