-
Authorroot
-
Comments0 Comments
-
Category
‘‘ एक का लागि सबै र सबैका लागि एक ’’ भन्ने महत्वपूर्ण उद्गारलाई नैं वास्तबमा सहकारी अभियानको मूल मन्त्र हो। साँचो अर्थमा भन्नु पर्दा हरीयो रंगलाई बोकेर सबैलाई जीवन्तताको अभियानमा जुट्न प्रेरित गर्नु नैं सहकारी अभियानको अर्को विशेषता पनि हो। ५४औं बसन्तहरुसंग पूल्ठावाजी खेल्दै कैयौं आरोह–अवरोहहरुको ढिस्काहरुलाई नाग्दै यहाँ सम्म आइपुगेको सहकारी अभियान वास्तवमै संघर्षमय छ। अझ प्रस्ट शब्दमा भन्नुपर्दा आज सम्मको यात्राको क्रममा पनि हामी सहकारी कर्मीहरु निर्धक्क भएर सहकारी अभियान सफल छ भनेर छाती खोलेर आत्मसाथ गर्न डराउँछौं, धर्खाराउँछौं अनि लर्वराउँछौं , कारण हाम्रो सहकारी अभियान अझै स्वस्थ, स्वावलम्वि र सक्षम अवस्थामा उभिन सकेको छैन् ।
राष्ट्रमा छरिएर रहेका जनजाती, भूमिहिन, किसान, कालीगढ, सुकुम्वासी अझ अर्को शब्दमा भन्नुपर्दा बहुसंख्यक सिमान्तकृत वर्गहरुको छहारी बनेको सहकारी अभियानले राष्ट्रलाई स्वावलम्वि बनाएर आज हरेक वर्गलाई सक्षम र स्वतन्त्र हुन अभिप्रेरित गरेको छ । यसको पुष्टि राष्ट्रले सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा मूख्य पाटोको रुपमा सम्बोदन गर्नुलाई मान्ने सकिन्छ । देश चलाउनलाई नेतामय अभियान भन्दा पनि सहकारीमय र सहकार्यमय वातावरणको आवश्यकता पर्दो रहेछ भन्ने कुरालाई पनि सहकारीताको लोकप्रियताले र हालको सहकारीमय देशको परिस्थितीले छर्लङ्ग पारेको छ ।
अर्काको खटन–पटनमा आप्mनो अमूल्य जीवनलाई तिलाञ्जली दिईरहेका राष्ट्रका सिमान्तकृत वर्गहरुलाई आज स्वतन्त्र, स्वावलम्वी र कर्मठ बनाउनमा सहकारी अभियानले सबैभन्दा ठूलो भूमिका खेलेको छ । अझ भन्नु पर्दा दश वर्षे जनयुद्धले बिस्थापीत गरेका हरेक वर्गलाई एक पटक फेरी समेटेर आत्मानिर्भर बनाउने प्रेरणा प्रदान गरेको छ सहकारी अभियानले । टायर बाल्ने, ढुङ्गामूढा गर्ने, तोडफोड, हिंसा, आतङ्क, अस्थिरता, अराजकता र अशान्ति जस्ता डरलाग्दा तिक्तताहरुलाई निरुत्साहीत् गरेर सबैका लागि एक र एकका लागि सबै भन्ने सिद्धान्तको प्रतिपादन गर्दै देशको बिगं्रदो परिस्थिती र ओरालो लागेको अर्थतन्त्रलाई काँधहालेर थामेको छ, सहकारी अभियानले । शान्ति प्रकृयालाई तार्किक निस्कर्स सम्म पुर्याउन ठूलो टेवा पुर्याउने एउटा क्षेत्र भनेको सहकारी अभियान पनि हो किन भने राष्ट्र रहेमा मात्र हामी सबैको स्वाभिमान रहन्छ, राष्ट्रप्रेम भन्दा संसारमा कुनै ठूलो अरुकुरा हुँदैनन्। आप्mनो देशको माया गर्नुपर्छ, सीप, दक्षता, क्षमता र परिश्रम विदेशमा होइन आप्mनै देशमा खर्चनु पर्दछ, आफ्नो जन्म भूमिलाई आफ्नै पौरख र पसिनाले सिंचनु पर्दछ, हामी स्वतन्त्र कर्मठ र स्वावलम्भि भएमा मात्र देशले चीर शन्ति, संवृद्धि र उन्नतीको सुस्केरा हाल्नपाउँछ भन्ने तथ्य सहकारी अभियानले सबै नेपालीहरुलाई सिकाएको छ ।
सहकारी अभियान भनेको देशका कुना, कन्दरा, लाँकुरी, टाकुरी, टुम्का, थुम्का देखि लिएर गाउँ सहरसम्मका हरेक वर्गका जनताहरुलाई स्वतन्त्र र स्वाभीमानी बनाउने, सबैलाई बाँचौं र बँचाऔं भन्ने शन्देस छोड्दै अगाड् िबढिरहेको स्वचालीत,प्रजातान्त्रिक र संगठीत अभियान हो । यस अभियानमा कहिल्यै कुनै निश्चित वर्ग, राजनीतिज्ञ तथा अन्य अवसरवादी सासकहरुको हावी हुन दिनुहँुदैन । यो अभियानलाई सबैले स्वतन्त्रपूर्वक आत्मासाथ गर्दै जानुपर्छ तर यस अभियानलाई सिमित बर्गको पोल्टामा मात्र नियन्त्रण राखिएमा सहकारी अभियान निश्चयनै तुहिने संभावना प्रसस्त रहेको पाईंदछ । यिनै कुराहरुलाई आत्मासाथ गर्ने हो भने सहकारी अभियानले सदैव जीवन्तता पाउँछ । यसलाई सिमित वर्गको हाबी बनाइयो भने यसले देशका बहुसंख्यक सिमान्तकृत बर्गहरुलाई सुनामिको छालले तहसनहस पारेभैंm निमोट्याम्मे पारिदिन्छ । यो अभियान असफल बनाइयो भने देशमा अणुवम पड्काइरहनु पर्दैन,जापानको भूकम्प र विकिरण पर्खिरहनु पर्दैन। सेकेण्डमै देश हिरोसिमा र नागासाकी भन्दा विकराल भएर सकिन्छ किनकी सिमान्तकृत वर्गहरुलाई निमोट्याम्मे बनाउनु भनेको राष्ट्र र राष्ट्रियतालाई ध्वस्त पार्नू जस्तै हो ।
हरीयो रंग त्यसैपनि जिवन्तताको प्रतिक हो । यो हरीयो रंगलाई आत्मसाथ गरेर सहकारी अभियानमा आफ्नो जीवनालई तिलाञ्जली दिइरहेका सम्पूर्ण सहकारी कर्मीहरुले अब एकपटक फेरी सोच्नैपर्ने समय आएको छ कि देशको रंग फुस्रो हुँदैछ, खुईंलिदै छ अनि वितोरिएको दुध जस्तै चैलिदैछ सहकारी अभियान अनि हामीले हरियालीमय नबनाए देश मर्छ,अनि तुहिन्छ हाम्रो अभियानपनि । देशनैं नरहे हाम्रो के अस्तित्व हुन्छ र ? त्यसैले अबको परिस्थितीलाई सुधार्ने एउटै क्षेत्र सहकारी हो , एउटै अभियान सहकार्य हो ।