Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

सहकारी र सदस्यहरुविचको अन्तर सम्वन्ध

HomeNews and Eventsसहकारी र सदस्यहरुविचको अन्तर सम्वन्ध
01
Apr
सहकारी र सदस्यहरुविचको अन्तर सम्वन्ध

उत्तर वेलायतको रोचडेल शहरका कारखानामा कपडा बुन्ने २८ जना कामदारहरुले “रोचडेल ईक्विटेवल पायोनियर सोसाइटी” नामको सहकारी संस्था स्थापना गरी सहकारी व्यवसाय सुरु गरेर सहकरी आन्दोलनको श्री गणेशसँगै नेपालको सहकारी ईतिहासमा बखान ऋण सहकारी संस्था टुसाएर आधुनिक सहकारीहरुको हुन्डरी ल्याएको हो । सहकारी आन्दोलनको आधा सताब्दी नवित्दै नेपालमा हजारौको संख्यामा सहकारी संस्थाको दर्ता र बैधानिक रुपमा सञ्चालन हुँदै आईरहेका छन् । समुदायका सबै वर्गका मानिसहरुलाई एउटै मालामा गुथेर भेदभाव रहित ढङ्गले आत्मसम्मानपूर्ण जीवन तथा भविष्यको सुनिश्चित व्यवस्था गर्नको निम्ति सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका निभाएका छन् । छरिएर रहेका पूजीलाई थोपा थोपा गरेर सङ्कलन गरेर एकमुष्ठ पूँजी निमार्ण गर्नु÷गराउनु हरेक सहकारी संस्थाहरुको मुख्य उद्देश्य रहेको हुन्छ ।

सहकारी संस्थाहरुका सवल पक्षहरु

नेपालमा आधुनिक सहकारीहरुको श्री गणेश सँगसँगै हरेक नेपालीहरुले पनि सहकारी सञ्जालको अढिलो र न्यानो ओत पाएको महसुस गरेका छन् । सहकारीको सहकार्यलेनंै आज सानोे–सानो पूँजी संकलन गरेर उल्लेख योग्य पूँजी निमार्ण भएको छ र हरेक सदस्यहरुलाई व्यपार–व्यवसाय सञ्चालन गर्नका निम्ति कर्जा लगानिमा उल्लेखनिय सहयोग पु¥याएको छ । एक हजार रुपयाँ जुटाउन पनि हम्मे–हम्मे पर्ने सदस्यहरुले हाल आएर सोचे भन्दा बढी संचय गर्न सफल भएका छन् । सय रुपया पनि अरुले नपत्याउने अवस्थाका सिमाङ्ककृत वर्गका नेपालीहरुले पनि आज आएर हजारौं देखि लाखांै रुपयाँ सम्मको कर्जा सहुलीयत तवरले उपभोग गर्न पाईरहेका छन् । त्यसैले गर्दा उनीहरु आधुनिक सुविधाहरुमा आनो पहँुचको वृद्धि गरिरहेका छन्।
राष्ट्रमा छरिएर रहेका कृषक, निम्नवर्गिय श्रमिक, कालिगड, भूमीहिन एवं वेरोजगारको जञ्जालमा हुडलिईरहेका देशवासीहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्दै पारस्पारिक सहयोगको भावना जगाएर आयमूलक एवं सीपमूलक व्यवसाय सञ्चालन गराएर स्वावलम्वि बनाउनको निम्ति यस राष्ट्रलाई निस्वार्थ भावनाले ओतप्रोत भएका सहकारी संस्थाहरुको स्पर्श जरुरी रहँदै आएको बाध्यता सँधैभरि खड्किरहेको अवस्थामा आज आएर सेवामूलक भावनाले ओतप्रोत भएका कैयौं सहकारी संस्थाहरुले गरिवीको खाटाहरुमा मलम लगाउन सफल भएका छन् ।
चुलो चौकामा मात्र सिमित रहेका र आपूmलाई कमजोर अवलाको श्रेणीमा मूल्याङ्कन गर्ने हरेक दीदीवहिनीहरु आज सहकारीताको स्पर्शले वचत तर्पm अग्रसर बनेका छन्, फलत्ः वचत गरेको रकमबाट आज उनीहरुले सम्मानको सम्वृद्ध जीवन जीउने अवसर पाएका छन् । सहकारीको पहँु्चले आज पूर्व मेची देखि पश्चिम महाकालीसम्म हरेक जात–जाती, धर्म, भाष–भेष मा बर्गीकृत सप्तरङ्गी नेपालीहरुलाई संगठित, सक्षम, सवल, सम्यम, स्वतन्त्र र सम्वृद्ध बनाएर एउटैे इन्द्रेणीको आकृतीमा परिणत गरेको छ। साँगुरो सोच र विचारले भरिएका मानव मथिङ्गलहरुमा यसले चेतना र परिवर्तनको सुनामी ल्याएको स्पष्ट महसुस गर्न सकिन्छ।
आर्थिक दृष्टिकोणले पिछडिएका, समान समस्या र स्वार्थ भएका जनसमुदाय, वर्ग वा व्यक्तिको समान जिम्मेवारी, दायित्व र अधिकारको आधारमा उत्पादन, उपभोग, वितरण तथा विनिमय प्रक्रियामा हुने संस्थागत प्रयास नै सहकारीको वास्तविक परिचय हो । चर्को ब्याजदर लिदै आएका समाजका साहूभनाउँदा धमीराहरुको सञ्जालमा फँसिरहेका र गरिविको जञ्जालमा पिल्सिरहेका हरेक कर्मसिल स्वाभलम्वि नेपालीहरूलाई प्रगतिको गोरेटोमा लम्कन सिकाउनु हरेक सहकारी सस्थाको परिकल्पना हुनुपर्दछ । विभिन्न ठाउँमा आयमूलक व्यवसायमा लगानि गरेर त्यहाँका बासिन्दाहरुलाई रोजगारको सृजना गराउनु, सहुलियत दरमा दैनिकिय उपभोग्य बस्तुहरू उपलब्ध गराउनु, प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरेर उत्पादनशिल, आयमूलक सीपमूलक तथा सेवामूलक कामहरुमा अभिप्रेरित गराउँदै हरेक सदस्यहरुलाई सवल एवं स्वाभलम्वि बनाउनु हरेक सहकारहिरुको ध्येय हुनुपर्दछ ।
अझ अर्को शव्दमा भन्नुपर्दा सम्वृद्ध नयाँ नेपालको जननी भनेको सहकारी क्षेत्रलाईनैं लिन सकिन्छ किनकी राष्ट्रले पनि सुनियोजित ढङ्गले व्यवस्था गर्न असफल रहेको उत्पादन मूलक, सेवा मूलक, व्यवसाय मूलक, प्रशोधन मूलक र रोजगार मूलक क्षेत्रहरुमा आज सहकारी अभियानले प्रवेश गरेर सबैलाई स्वावलम्वि बनाएको छ । अझ अर्को शव्दमा भन्नुपर्दा पुरानो नेपालको पुरानो सोचलाई कायापलट गरेर एउटा नयाँ सम्वृद्ध नेपालको सङ्खघोस गरिसकेको छ सहकारी अभियानले।
खोलाको दुई किनारभैm धुव्रिकरण भएका साहू र श्रमीकहरुको अवस्थाहरुलाई आज सहकारी संस्थाहरुले माझीको काम गरेर मिलन गराई असम्मान्ताको खाडल सँधैका लागि पुर्ने काम गरेको छ । श्रम, सृजना र प्रतिभाहरु पलायन हुनबाट बचेका छन् । हरेक कर्मठ युवा युवतीहरुले आपूmले आफुलाई चिन्ने र मूल्याङ्कन गर्ने अवसर पाएका छन् । साच्चै सहकारी सबै वर्गका लागि सफलताको सबैभन्दा उत्कृष्ट मैैदान हो । यस मैदानमा उत्रन हिम्मत गर्ने हरेक परिवार, समाज र राष्ट्र साँच्चै सम्वृद्ध हुने कुरामा कसैको दुई मत छैन। सहकारीता शान्तिपूर्ण एवं दिगो सामाजिक रुपान्तरणको विश्वव्यापी सामाजिक आन्दोलन भएकै कारण यसलाई हाम्रो उद्देश्य, परिवेश र आवश्यकताको लागि उपयोेगी नीतिको आधारमा प्रयोग गर्न अत्यन्तै जरुरी देखिन्छ ।
निष्कर्षमा भन्नुपर्दा सहकारी संस्था र सदस्यहरुको सम्वन्ध भनेको नङ र मासुको सम्वन्ध भन्दा नजिकको रहेको पाईन्छ ।त्यसैले सहकारीलाई हाउँगुजी ठानेर दस कदम पर काँतर प्रवृत्ति देखाएर भाग्नेहरुलाई एउटै निवेदन के छ भने सहकारीको परिभाषलाई गलत धारणाले ब्याख्या गर्नु भन्दा सहकारीको बारेमा बुफ्नु र आवद्धता जनाउनु बद्धिमानी हुन्छ। मरेर जाँदा कसैले पनि कात्रोमा गोजी बनाएर आर्जेको सम्पत्ती लिएर जाँदैनन्। सहकारीमा आवद्ध भएर सहकार्य गर्न सके समाजले मुक्ति अवश्य पाउँछ। समाज सेव गर्ने कुनैपनि देसवासीलाई गाईको पुच्छरको साहारामा बैतर्नी तर्नुपर्ने आवश्यक पर्दैन किनकी उनीहकालागि सदैव स्वर्गको ढोका खुल्ला रहेको हुन्छ। मानव सेवा भन्दा ठूलो धर्म अरु कुनै छैन संसारमा।

सूर्य घिमिरे
मानव कल्याण
वचत तथा ऋण स।सस्था
शान्तिनगर काठमाण्डौं


Related Posts
Leave A Comment

Leave A Comment