Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

आयात प्रतिस्थापन र सामाजिक न्यायकालागि सहकारी

HomeNews and Eventsआयात प्रतिस्थापन र सामाजिक न्यायकालागि सहकारी
01
Apr
आयात प्रतिस्थापन र सामाजिक न्यायकालागि सहकारी

प्रसंग ५८औं राष्ट्रिय सहकारी दिवस

वास्तवमा सहकारीको जन्म पनि स्वाधीनताको खोजि गर्ने क्रममा नंै भएको पाईन्छ। सन् १८४४ मा उत्तर वेलायतको रोचडेल शहरका कारखानामा कपडा बुन्ने २८ जना कामदारहरुले “रोचडेल ईक्विटेवल पायोनियर सोसाइटी” नामको सहकारी संस्था स्थापना गरी सहकारी व्यवसाय सुरु गरेर सहकरी आन्दोलनको श्री गणेश गरेको पाईन्छ। अरुको अधीनमा रहेर कारखानामा आजीवन काम गर्दापनि उनीहरुले आर्जन गरेको आर्थिक स्थितीबाट पटक्कै सुरक्षित महसुस गरेनन्। तसर्थ आफूले ज्यालादारी गरेर आर्जन गरेको रकमको केही हिस्सालाई चुँडेर सामूहिक रुपमा वचत गरी कोषको निर्माण गर्नसके भविष्यमा भैपरि आउने कुनैपनि आर्थिक संकटबाट सहज मुक्ति पाउन सकिनेछ भन्ने सोच गरे। अरुको मूख ताकेर महिनौं पर्खेर हातमा आएको ज्यालाले जीवनभर दुई छाक मीठो खान नसक्ने नाना,छाना र मानाको लागि सदैव भौतारि रहने कामदारहरुले आर्थिक संकटबाट तुरुन्तै मुक्ति पाए। उनीहरु स्वतन्त्र, स्वयत्त र आत्मनिर्भर बन्नालेनै वास्तवमा उत्तर वेलायतको अर्थतन्त्रले कायापलट गर्ने मौका पायो फलतः त्यहींबाट प्रतिपादन गरिएको विचार र सहकारी आन्दोलन नैंं आज विश्वभर आधुनिक सहकारी आन्दोलनको अभियानको रुपमा फैलियो।
विश्वका हरेक सम्मपन्न वा विपन्न, विकसित वा विकासोन्मूख जुनसुकै राष्ट्रहरुको आर्थिक विकासको ईतिहासलाई टोपल्ने हो भने त्यहाँको अर्थतन्त्रको विकासलाई सहकारी अभियानले ठूलो टेवा दिएको पाईन्छ। देशको सामाजिक होस वा राजनैतीक, आन्तरीक होस वा वाह्य जुनसुकै कारणले गर्दा तहसनहस भएको अर्थतन्त्रलाई सहकारीको माध्यमबाट मात्र सपार्न वा माथि उठाउन सकिन्छ भन्ने तथ्यलाई प्रमाणीत गर्नु परेमा हाम्रै देशको अर्थतन्त्रको ईतिहासलाई अध्ययन गर्न सकिन्छ।
सयौं वर्षको जहानीया राणा साशनहोस वा शाह राजाहरुको एकल र निरंकुह शासन, दैवी प्रकोपको कोप्चामा चेपीएको होस वा दसौं वर्षको जनयुद्धको वारुदमा कावाखेल्दै ओहलो लाग्दै सुनामीको छालले बढाडेर लछारपछार पारिएको अवश्थामा गुज्रिएको हाम्रो देशको अर्थतन्त्रलाई देशका कुना, कन्दरा, लाँकुरी, टाकुरी, टुम्का, थुम्का देखि लिएर गाउँ सहरसम्मका घर आगनमा उम्रिएका सहकारी सस्थाले प्रत्येक समुदायका मानिसहरुलाई सहकार्यगर्न सिकाएको छ र एक का लागि सबै र सबैका लागि एक भन्ने महत्वपूर्ण उद्गारको सुरुवात गरेर सदैव पराईको अधिनमा हातहरु फैलाउनुपर्ने प्रणालीको अन्त्य गरि स्वाधीन र स्ववलम्वि बनेर बाँच्ने अवशर प्रदान गरेको छ।अमm स्पष्ट शब्दमा भन्नुपर्दा कहिल्यै पूर्ण वजेट आउन नसकेको अवस्थामा पनि लगभग सबै नेपालीहरुको गाँस, वास र कपासको ग्यारेष्टि सहकारी अभियानले गराएको छ। त्यसैले यो देशको अर्थतन्त्रको एउटा प्रमुख खम्वाको रुपमा सहकारी क्षेत्र प्रमाणीत भै सकेको छ।
सहकारी भनेको संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित ब्यवसायमार्फत आफ्ना सामmा आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरु पुरा गर्ने स्वविच्छक ऐक्यवद्द भएका ब्यक्तिहरुको स्वायत्त र संगठित रुप हो तसर्थ यसलाई चलाउने प्रकृयाहरु पनि स्वनियमन तरिकाले बनेका हुन्छन जसको अर्थ जनता द्वारा जनताको निम्ति जनताले स्थापना गरेको स्वायत्त संगठन हो।कुनैपनि देशको चौतर्फी विकासलाई त्यस देशको आर्थिक अवस्था र जनताको आर्जन गर्न सक्ने शक्ति वा क्षमताले मापन गरेको हुन्छ। कुनैपनि राष्ट्रको अर्थतन्त्र भनेको त्यहाँको आर्थिक व्यवस्था वा प्रणलीलाई बुमmाउँदछ। तसर्थ कुनैपनि राष्ट्रलाई सम्वृद्ध बनाउनको निम्ति त्यस देशमा स्वाधीन अर्थतन्त्रको आवश्यकता पर्दछ जुन ब्यवस्थलाई सहकारी अभियानले जन्माएको पाईन्छ। सहकारी क्षेत्रलाई नियन्त्रण र निर्देशन गर्न कुनैपनि पराधीन शक्तिको वा गुठ–उपगुठको जरुरी पर्दैन। उदाहरणको निम्ति हामी माहुरीलाई लिन सकिन्छ। एउटा माहुरीको घारमा चाका निर्माण प्रकृयामा हजारौं प्रकारका माहुरीहरुको निश्वार्थ सहभागिता रहेको हुन्छ। ती माहुरीहरु रातदिन फूलको रस खोज्न टाढा टाढा सम्म घण्टौं भौतारिन्छन। उनीहरुलई त्यस अभियानको क्रममा कैयौं पटक हावाहूरी, पानी, असिनाले दुख दिन्छ र पनि उनीहरु आफनो लक्ष्यबाट बिचलित बन्दैनन्, वरु संघर्ष गर्छन अनि मर्छन पनि। उनीहरु खाली पेट बसेर भएपनि भोकको प्रवाह नगरि एक थोपो रस सिलागरि घार सम्म आईपुग्छन्। उनीहरुको लक्ष्य भनेको घारसम्म आएर आफूले लिएर आएको एकथोपा रसलाई समर्पण गर्नु हो,भ्रष्टचार गरेर आफ्नो मात्र पेट भर्ने होईन।यदि यस्तो हुन्थ्यो भने आज मेहनतका उत्कृष्ट जीव मानिने माहुरीको वंश नास हुनेथ्यो र मानिसले महको चाह कहिल्यै पुरा गर्न पाउँदैनन थिए। उनीहरु आज पनि त्यही रफ्तारमा मेहनत गरिरहेका छन् निश्वार्थ रुपमा किनकि उनीहरु स्वतन्त्र छन अनि आत्मनिर्भ छन्। सहकारी कर्मीहरुको सिद्धान्त र माहुरीको सिद्धान्त अन्तत्वः एउटै हो। सहकारी अभियानको सार्थकता पनि यही नैं हो जसको अर्थ “म” भन्दा कैयौं गुना टाढा हुन्छ र “हामी” भन्दा कैयांै गुना नजिक हुन्छ।
कुनैपनि देशको विकासको निम्ति त्यस देहमा स्वाधीन अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहेको पाईन्छ। स्वाधीन अर्थतन्त्र भनेको त्यस देहका बहुसंख्यक जनताहरुले अर्काको नियन्त्रणमा नरही स्वतन्त्र, स्वयत्त र आत्मनिर्भर भएर देश निर्माण मा लागि अफ्नो लागि र राष्ट्रको लागि माहुरीको प्रबृतत्ती जस्तै निस्वार्थ काम गरि आर्जन गरेको प्रतिफल हो। जुन देशका जनताले सहकारीको सिद्धान्तलाई बुमmेका हुन्छन त्यस देशको अर्थतन्त्र सोचेभन्दा माथि उठेको पाईन्छ कारण सहकरीको सिद्धान्त भनेकै आत्मनिर्भर, स्वतन्त्र, स्वावलम्वि र विवेकशिल भएर संगठनमा बाँच्नु हो। आत्मनिर्भर जनशक्ति कुनैपनि देशको अर्थतन्त्रको दरीलो मेरुदण्ड हो।स्वावलम्वि ब्यक्तिले कहिले पनि राष्ट्रले के दिन्छ भनेर पर्खदैन तर मैले राष्ट्रलाई केही न केही दिनैपर्छ भनेर निरन्तर लागि रहन्छ। आŠनै देशमा प्रचुर संभनवना हुदाहुदै पनि अरवको खाडिमा भासिएका यूवा शक्तिलाई चिन्न नसक्दा आज हामी हरेक कुराको आशामुखि बन्न बाध्य भएका छौं। यसको कारणले गर्दा आयतलाई प्रतिस्थापन गरि सामाजिक न्यायको वातावरणमा खलल पुगिरहेको छ। इस्तो बिग्रदो सामाजिक चक्रलाई ठाउँमा ल्याएर स्वावलम्विपनको प्रतिपादन गर्न र सामाजिक न्यायको वातावरण बनाउन सहकारीले ठूलो भुमिका खेल्न सक्छ ।
हाम्रो जस्तो धराप अर्थतन्त्र भएको मुलुकले त अमm सहकारी अभियानबाट महत्वपूर्ण पाठ सिकेर सहकारीको हरेक सिद्धान्तहरुलाई पालना गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। अरुको आसमा बँचेका धेरै जस्ता नेपाली जमातलाई सरकारले स्वतन्त्र भएर सहकारीको माध्यमबाट गरिखाने मौका दिएमा यो देशको कुनै पनि भूमिले बाँझो बस्नु पर्दैनथ्यो, हिमाल, पहाड, तराई र मधेसले पाउलिने अवसर पाउनेथे । ५८औं वर्षको हरीयो र विकासको पालुवाले भरिएर झाङ्गीदै आईरहेको सहकारी अभियानलाई केही स्वर्थी प्रबृत्तीका मानिसहरुको निजी स्वार्थपूर्तीको निम्ति गलत मनसायले गलत ब्याख्या र प्रयोग गरेर धमिलो बनाउने प्रयास गरेको पाईन्छ। तर सही र गलत के हो भनेर छुटयउन विलम्व गरेमा वा सहकारी अभियानमा आफ्नो संपूर्ण जीवनलाई निश्वार्थ रुपमा समर्पण गरेका सहकारी कर्मीहरुको उचित सम्मान, सम्बद्र्धन, प्रोत्साहन र सम्बोधन नगरी सामान्य वर्गले सहकारी अभियानको फाईदा उठाउन खोजेको भरमै सबैकुरा बर्बाद भएछ भन्दै सहकारी अभियानलाई दौडेर दुख दिने भैंसीलाई नाकमा डोरी छेडेर नथिया बनाएर वलपूर्वक सिमित घेरामा नियन्त्रणमा राख्न खोज्नु र सोच्नु भनेको भविष्यमा नेपाली आख्यान “न्याउरी मारी पछुतो”े जस्तो तीतो अनुभव हुन जान्छ। तसर्थ
आयात प्रतिस्थापन र सामाजिक न्यायकालागि भन्ने सहकारी अभियानलाई अझ प्रभावकारी बनाएर अगाडि बढाउनुपर्ने देखिन्छ। आशा रहोस् ५८औ राष्ट्रिय सहकारी दिवसले जन्माएको यो नाराले नारामा मात्र सिमित भएर बाँच्नु नपरोस्।
जय सहकारी।।
सूर्य घिमिरे मानव कल्याण वचत तथा ऋण स.सस्था


Related Posts
Leave A Comment
One Comment
  • admin Reply

    s viverra nulla ut metus varius laoreet. Quisque rutrum. Aenean imperdiet. Etiam ultricies nisi vel augue. Curabitur ullamcorper ultricies nisi. Nam eget dui. Etiam rhoncus. Maecenas tempus, tellus eget condimentum rhoncus, sem quam semper libero, sit amet adipiscing sem neque sed ipsum.

    April 9, 2016 at 2:14 pm

Leave A Comment