Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

नारी सम्मान विषेश बचत

Homeनारी सम्मान विषेश बचत

चुला–चौकामा मात्र सिमित रहेका दिदीबहिनीहरुलाई सदस्यता दिएर संस्थागत बनाउने र उनीहरुलाई उद्यमशिल, स्वाबलम्वी एवं थप जिम्मेवारी बनाउने उद्देश्यले यो बचतको आयोजना गरिएको हो ।
रु. २०० बाट खाता संचालन गर्न सकिने छ । हरेक महिनाको पहिलो हप्ता भित्रमा आफैं कार्यालयमा आएर वा कार्यालयका बजार प्रतिनिधिहरुको माध्यमबाट कम्तीमा रु.५०० वा सो भन्दा बढी रकम अनिवार्य रुपमा जम्मा गर्न सकिने छ ।

  • ५ वर्षे वचत योजना
    बचत रकमको बार्षिक १३ % का दरले बार्षिक ब्याजदर कायम गरी हरेक ३÷३ महिनाको मसन्ताको गणना गरी ब्याजलाई पूँजीकृत गर्दै लगिने छ । बचत सुरु गरेको ५ बर्ष सम्म महिनाको एक पटकको दरले कम्तीमा ६० पटक बचत अनिवार्य बचत गरेपछि साउँब्याज गरेर एकमुष्ट भुक्तानी लिन पाईने ब्यवस्था गरिएको छ। यदी ब्यक्तिगत समस्याको कारणले सस्थामा सदस्यता कायम गर्न नसकिने र बचत गर्न असमर्थ भएको खण्डमा सस्थाको निर्णय बमोजिम बचत फिर्ता गर्न सकिने छ ।
  • ३ वर्षे वचत योजना
    बचत रकमको बार्षिक ११.५ % का दरले बार्षिक ब्याजदर कायम गरी हरेक ३÷३ महिनाको मसन्ताको गणना गरी ब्याजलाई पूँजीकृत गर्दै लगिने छ । बचत सुरु गरेको ३ बर्ष सम्म महिनाको एक पटकको दरले कम्तीमा ३६ पटक बचत अनिवार्य बचत गरेपछि साउँब्याज गरेर एकमुष्ट भुक्तानी लिन पाईने ब्यवस्था गरिएको छ। यदी ब्यक्तिगत समस्याको कारणले सस्थामा सदस्यता कायम गर्न नसकिने र बचत गर्न असमर्थ भएको खण्डमा सस्थाको निर्णय बमोजिम बचत फिर्ता गर्न सकिने छ ।
  • नारी सम्मान विशेष बचतनै किन खोल्ने
    महिलाहरुको विशेष चार्ड हरितालीका तीजको अवसर पारेर संपूर्ण बतच कर्ता दिदीबहिनीहरुलाई तीज विशेष कार्यक्रममा सरीक गराईने छ र विशेष सम्मान तथा पुरस्कृत गरिने ब्यवस्था गरिने छ । सामुहिक जमानतको आधारमा गृहस्थी कर्जाको ब्यवस्था गरिने छ ।
    हरेक वर्ष महिला चिकित्सकहरुको विशेष टोलीको ब्यवस्था गरेर हरेक महिला दिदीबहिनीहरुले भोग्दै आउनु भएका हरेक प्रकारका शारिरिक समस्याहरुको जाँच एवं परामर्श लिने ब्यवस्था गरिने छ जसबाट हाम्रा दिदीबैनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोग्दै आउनु भएको पाठेघर क्यान्सर, स्तन क्यान्सर जस्ता प्राण घातक रोगहरुबाट सावधानी अपनाउन सक्नुहुनेछ ।
    सदस्यता रहँदाको अवस्थामा कुनैपनि बचत कर्ता सदस्यहरुको असमाहिक देहान्त भएमा राहत स्वरुप रू. ५,०००।– प्रदान गरिने व्यवस्था गरिएको छ ।