Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

खुत्रुके बचत खाता

Homeखुत्रुके बचत खाता

खुत्रुके वचतकर्ता बिद्यार्थी भाइबहिनीहरुलाई वचत तर्फ प्रोत्साहन गर्न र उनीहरुको भित्री क्षमता र कलालाई प्रष्फुटन गरि सबैको माझमा चिनाउनको निम्ति वर्षमा पटकपटक बिभिन्न कार्यक्रमहरु जस्त Handwriting Competation, Drawing Competations, Essay Writing Competations, Poem writing Competation,Spelling Competation,Quiz Competation आदि आयोजना गरि उत्कृष्ट ठहरिएका रचनाहरुलाई संस्थाको वार्षिक पुस्तिकामा फोटो सहित छपाएर सबै सदस्यहरुको माझमा पु¥याने,वार्षिक साधरण सभाको माझमा पुरस्कृत एवं सम्मानित गर्ने र विमा सस्था संग सहकार्य गरेर प्रत्येक वाल वचत कर्ताहरुको जीवन विमा गराउने योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने ब्यवस्था गरिने छ।

रु १०० बाट खाता खोल्न सकिने छ । यसका लागि प्रत्यक सदस्यहरुलाई एउटा खुत्रुके प्रदान  गरिनेछ । खुत्रुकेको चावी संस्थामा रहने छ । महिनको एकपटक सम्बन्धित संस्थामा रहने छ । महिनाको एकपटक सम्वन्धित संस्थाका सदस्यको रोहोवरमा खुत्रुके खोलिने छ र यस संस्थामा सम्बन्धित सदस्यको खातामा जम्मा गरिनेछ । उक्त बचत खातामा वार्षिक ब्याज वार्षिक ११ देखि १२ प्रतिशत सम्मका दरले कायम गरिएको छ । वालवालिकाहरुलाई वचत तर्फ अग्रसर गराउनको निम्ति जन्मदिनको अवसरमा वर्थ डे गिफ्ट (जन्म दिनको उपहारको ) पनि ब्यवस्था गरिएको छ । अथवा सस्थाले निर्धारण गरे बमोजिमको रकम उपहार स्वरुप एकमुष्ट खातामा जम्मा गरिने ब्यवस्था गरिने छ ।

 

खुत्रुके वचत सम्बन्धी महत्वपूर्ण प्रवधानहरु

 

१) खुत्रुके बचतको समय १ वर्षे र २ बर्षे गरेर दुई थरिका हुनेछन्।

२) खुत्रुके वचतमा मासिक कम्तीमा ५०० वा सो भन्दा माथिको रकम अनिवार्य वचत गरेको हुनुपर्ने छ।

३) प्रत्येक महिनाको ढिलोमा पहिलो हप्ता भित्र सस्थाका प्रतिनिधिहरुले खुत्रुके खोल्न आउनेछन्।

४) मासिक रुपमा अनिवार्य खुत्रुके खोलेको हुनुपर्नेछ।

५) कबुल गरे बमोजिमको समय भुक्तान नहुदै खुत्रुके बचतको रकम भुक्तान लिन पाईने छैन। तर बाध्यतमक स्थिती सृजना भएर खुत्रुके समय अगाबै बन्द गर्नुपरेमा वा रकम भुक्तान लिनु परेमा संस्थाले बचतको कम्तीमा ५% रकम कट्टा गरेरसाउँमात्र फिर्ता गर्न बाध्य  हुनेछ।

६) खुत्रुकेको बट्टा सस्थाको सम्पत्ती भएको हुनाले त्यसको संरक्षण सदस्यलेनैं गर्नु पर्ने छ। कारणबस खुत्रुके बिग्रिएमा वा पत्रुभएमा रु.३०० जरिवाना गरिने छ । खुत्रुके खाता बन्द गर्न आउँदा सस्थाले दिएको खुत्रुके अनिवार्य लिएर आउनु पर्ने छ।

७) खुत्रुकेको समय भुक्तान भएपछि जम्मा भएको रकमलाई एकमुष्ठ मानव कल्याण विशेष बचतमा सार्न  मिल्ने छ।

बटुलि तीलका दान……बनाउँछौं मानाका माना. -